मन्त्रालयकाे संगठन संरचना

मन्त्रालयबाट सम्पादन हुने कामकारबाहीलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सम्पादन गर्न मन्त्रालयमा कानून तर्जुमा महाशाखा (क) र (ख); सन्धि सम्झौता तथा अन्तर्राष्ट्रिय कानून महाशाखा; राय तथा प्रशासन महाशाखा; योजना, अनुसन्धान, अनुगमन, मानव अधिकार  तथा कानूनी सहायता महाशाखा र संसदीय मामिला, फैसला कार्यान्वयन तथा पारस्परिक कानूनी सहायता महाशाखा गरी ६ वटा महाशाखा रहेका छन्।
मन्त्रालयमा नेपाल न्याय सेवा कानून समूहको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पद १, राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पद ६, राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पद 1५, राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पद २३ र नेपाल प्रशासन सेवा, लेखा समूहको राजपत्राङ्कित तृतीय श्रेणीको लेखा अधिकृत पद 1 र सामान्य प्रशासन समूहको राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पद १ गरी अधिकृत स्तरमा जम्मा ४७ दरबन्दी रहेको छ।त्यसैगरी, राजपत्र अनंकित विभिन्न श्रेणीको पद २९ र श्रेणीविहिन विभिन्न पद २२ गरी कूल स्थायी दरवन्दी संख्या ९८ रहेको छ।मन्त्रालयका महाशाखा र त्यसका मुख्य मुख्य कामहरु देहाय बमोजिम रहेका छन् :–

१. कानून तर्जुमा महाशाखा ( )( )

  • सार्वजनिक नीति कार्यान्वनका सन्दर्भमा राज्यलाई नयाँ कानून आवश्यक पर्ने नपर्ने सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने तथा नयाँ ऐन निर्माण गर्नु पर्ने भएमा सो सम्बन्धमा सैद्धान्तिक सहमति प्रदान गर्न पेश भएको फाईल जाँच गरी निर्णयको लागि सचिव समक्ष पेश गर्ने ।
  • ऐन, अध्यादेश, नियम र गठन आदेशको मसौदा जाँच तथा तर्जुमा गरी निर्णयको लागि सचिव समक्ष पेश गर्ने ।
  • ऐन, अध्यादेश, नियम र गठन आदेशका सम्बन्धमा सम्बन्धित मन्त्रालयलाई परामर्श दिने ।
  • कानूनको एकीकरण र संहिताकरण सम्बन्धी कार्य गर्ने गराउने ।
  • संसदका समितिहरुमा उपस्थितभई सरकारी विधेयक र गैर सरकारी विधेयकमा सरकारको धारणा राख्ने ।
  • माताहतका अधिकृतहरुको सुपरिवेक्षण तथा कामको बाँडफाँड गर्ने ।
  • प्रदेश तथा स्थानीय तहको लागि आवश्यक नमुना कानूनका मसौदा तयार गर्ने ।

२. सन्धि सम्झौता तथा अन्तर्राष्ट्रिय कानून महाशाखा

  • नेपाल वा नेपाल सरकार पक्ष भई सम्पन्न हुने सन्धि सम्झौताको मसौदा जाँच गरी मसौदामा आफ्नो राय सहित सचिव समक्ष पेश गर्ने ।
  • अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरुसँग सम्पन्न भएका ऋण सम्झौतालाई प्रभावकारी बनाउन आवश्यक पूर्वशर्त तयार भए नभएको जाँची त्यस्ता संस्थाहरुलाई प्रदान गर्ने कानूनी रायको लागि आफ्नो राय सचिव समक्ष पेश गर्ने ।
  • सन्धि सम्झौता गर्ने, अन्तर्राष्ट्रिय वा अन्तर सरकारी संस्थाको सदस्यता प्राप्त गर्ने जस्ता विषयमा अख्तियारी लिनु पूर्व नेपालको सन्दर्भमा त्यस्ता सन्धि, सम्झौताको औचित्य र आवश्यकता, नेपालले व्यहोर्नु पर्ने अन्तर्राष्ट्रिय कानूनी दायित्व लगायतका विषयमा आफ्नो राय सचिव समक्ष पेश गर्ने ।
  • नेपाल पक्ष भएको मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरु बमोजिम नेपाल सरकारले पठाउनु पर्ने प्रारम्भिक तथा आवधिक प्रतिवेदनहरु तयार गर्ने तथा त्यसमा राय सुझाब दिने ।
  • नेपाल पक्ष भएका सन्धि, सम्झौताहरूको नेपाल राजपत्रमा प्रकाशन गराउने ।
  • नेपाल वा नेपाल सरकार पक्ष भएका सन्धि, सम्झौताहरूको केन्द्रीय अभिलेखालयको रुपमा सन्धि सम्झौताहरुको सक्कल प्रतिको अभिलेख राख्न लगाउने ।
  • नेपाल वा नेपाल सरकार पक्ष बन्ने सन्धि सम्झौताको निर्माणको विभिन्न चरणमा हुने वार्ता लगायतका सबै कार्यहरुमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने ।
  • सन्धि संग्रहको श्रृंखला प्रकाशन गर्ने गराउने ।
  • मातहतका कर्मचारीहरुको सुपरिवेक्षण गर्ने ।

 
३. राय तथा प्रशासन महाशाखा

  • कानून, न्याय तथा संसदीय मामिला मन्त्री र मन्त्रालयलाई विपक्षी बनाई अदालतमा दायर गरिएको रिट निवेदनको लिखित जवाफ जाँच तथा परिमार्जन गरी सचिव समक्ष पेश गर्ने।
  • कानूनको कार्यान्वयन गर्दा कुनै प्रकारको कानूनी अड्चन वा द्विविधा उत्पन्न भई राय माग भएको विषयमा आफ्नो राय सचिव समक्ष पेश गर्ने ।
  • नेपाल न्याय सेवाको सञ्चालन सम्बन्धी काम गर्ने ।
  • मन्त्रालयका महाशाखा, शाखाहरु र अन्तरगतका निकायहरु बीच समन्वय गर्ने ।
  • मन्त्रालयको आन्तरिक र आर्थिक प्रशासन सञ्चालन गर्ने, गराउने ।
  • मन्त्रालयको वाषिर्क बजेट तर्जुमा एवं बजेट सम्बन्धी काम गर्ने, गराउने ।
  • माताहतका कर्मचारीहरुको सुपरिवेक्षण गर्ने ।

 
 
४. योजनाअनुसन्धानअनुगमनमानव अधिकार तथा कानूनी सहायता महाशाखा

  • कानून र न्यायको क्षेत्रमा गरिने अध्ययन अनुसन्धानलाई प्राथमिकीकरण गर्ने, अध्ययन अनुसन्धान गर्ने गराउने ।
  • आवधिक तथा वाषिर्क योजना तर्जुमा गर्ने, स्वीकृत योजना कार्यान्वयन गर्ने ।
  • जनशक्ति विकास सम्बन्धी कार्य गर्ने ।

५. संसदीय मामिलाफैसला कार्यान्वयन तथा पारस्परिक कानूनी सहायता महाशाखा

  • सङ्घीय संसदको बैठकको आब्हान, अन्त्य, विघटन सम्बन्धी प्रकृयागत कार्य गर्ने ।
  • सङ्घीय संसद सम्बन्धी नीति, योजना र कार्यक्रमको तर्जुमा गरी स्वीकृतिको लागि सचिव समक्ष पेश गर्ने ।
  • सङ्घीय संसदमा सरकारी तथा गैरसरकारी विधेयक प्रस्तुत गर्ने सम्पर्क मन्त्रालयको रुपमा कार्य गर्ने ।
  • अन्तर व्यवस्थापिका संघ सम्बन्धी कार्य गर्ने ।
  • सरकारी आश्वासन तथा संकल्पहरुको कार्यान्वयन सम्बन्धी आवश्यक कार्य गर्ने ।
  • सङ्घीय संसदका पदाधिकारीहरुको गोष्ठी, सम्मेलन, अध्ययन भ्रमणको अभिलेख राख्न लगाउने ।
  • सङ्घीय संसदका कामकारवाहीको अभिलेख राख्न लगाउने ।
  • सङ्घीय संसद्का कर्मचारीको सेवा सञ्चालन र सङ्घीय संसदका पदाधिकारीहरुको पारिश्रमिक र सुविधा सम्बन्धी अभिलेख राख्न लगाउने ।
  • संविधानको संशोधन विधेयक प्रस्तुति, संविधान पारित सम्बन्धी प्रकृया र प्राप्त ज्ञापनपत्रहरु सम्बन्धमा आवश्यक काम गर्ने ।
  • सङ्घीय संसदको बैठकको कामकारवाहीको अभिलेख राख्न लगाउने ।
  • मातहत कर्मचारीको सुपरिवेक्षण गर्ने ।