लक्ष्य, परिदृश्य र उद्देश्य

(क)         लक्ष्य

  • कानूनको प्रभावकारी कार्यान्वयनबाट कानूनी शासनको प्रतिफल जनतामा पुर्‍याउने,
  • कानूनी सहायताको प्रभावकारीता अभिवृद्धि गर्ने,
  • संविधान प्रदत्त मौलिक हक र विश्वव्यापी रुपमा अवलम्बन गरिएका मानव अधिकारको प्रवर्द्धन र संरक्षण गर्ने।

(ख)        परिदृश्य    

  • नेपाली जनताको इच्छा र आकांक्षा अनुकूलको कानूनी संरचना, न्याय अनुभूत गर्न सक्ने न्याय प्रबन्ध र देश विकास तथा राज्य संचालनका लागि आवश्यक कानून तर्जुमा गर्ने।

()       उद्देश्य

  • ऐन, अध्यादेश, नियम र गठन आदेश बनाउने सम्बन्धमा परामर्श दिने, मस्यौदा गर्ने, मस्यौदा जाँच गर्ने, नेपाल सरकारको लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी विवादको सम्बन्धमा आवश्यक राय परामर्श दिने, कानूनको एकीकरण तथा संहिताकरण, नेपाल कानून, अन्तर्राष्ट्रिय कानून, न्याय प्रणाली र न्याय प्रशासनको अनुसन्धान, पुनरावलोकन, सुधार तथा न्याय प्रशासन सम्बन्धी काम गर्ने।